'सुनभन्दा पानी महँगो': सिरियामा कसरी भयो पानीको हाहाकार

'सुनभन्दा पानी महँगो': सिरियामा कसरी भयो पानीको हाहाकार

केही वर्षदेखि उत्तरी सिरिया युद्ध र जलवायु परिवर्तनका दुष्प्रभावबाट नराम्ररी थिलथिलिएको छ।

उक्त क्षेत्रमा पर्ने हसाकामा १० लाख भन्दा बढी मानिसहरूले पानीको स्रोत गुमाएका छन्।

त्यहाँ २५ किलोमिटर टाढाबाट गाडीमा बोकेर पानी लैजानुपर्छ। त्यहाँ भएका इनारहरूमा पनि पानी सुक्न थालेको छ।

'बीबीसी आई' उक्त सहरको पानी वितरण गर्ने निकायका कर्मचारी र पानी ट्याङ्करका चालकसँगै प्रभावित क्षेत्रमा गएको छ।

पानीको सङ्कट खेप्न बाध्य त्यहाँका बासिन्दाहरू के भन्छन्? हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।