पाकिस्तानको मिठाई, जुन ‘भारतीय सैनिकका लागि विशेष उपहार बन्ने गर्छ’

भिडिओ क्याप्शन सुरु हुँदैछ, पाकिस्तानको मिठाई, जुन ‘भारतीय सैनिकका लागि विशेष उपहार बन्ने गर्छ’
पाकिस्तानको मिठाई, जुन ‘भारतीय सैनिकका लागि विशेष उपहार बन्ने गर्छ’

पाकिस्तानको नारोवालको एउटा गाउँ, जुन भारतसँगको सिमाना वा जिरो लाइनको निकै नजिक छ।

यो गाउँ विशेष बर्फीका लागि प्रसिद्ध छ।

यहाँ पाकिस्तानका विभिन्न भागबाट मानिसहरू बर्फी किन्न आउँछन्।

विशेष अवसर र चाडपर्वमा यहाँ यति धेरै भिड हुन्छ कि एक जनालाई २५० ग्राम मात्रै मिठाई दिने गरिन्छ ।

कसैले दोहोर्‍याएर लाइनमा बस्छ कि भन्ने पनि जाँच गरिन्छ।

यो बर्फीको प्रसिद्धी पाकिस्तानमा मात्रै नभएर भारतीय सैनिकबीच रोजाइमा पर्ने बताइएको छ।

पाकिस्तानी सेनाले विशेष अवसरमा सीमामा तैनाथ भारतीय सैनिकहरूलाई यो बर्फी उपहारस्वरूप दिने गरेको बताइन्छ।

हेर्नुहोस् शहजाद मलिक र नौमान खानले बनाएको यो भिडियो।

मिठाइ बनाउँदै हलुवाइ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।