उपचार गराउन जाँदा यौन शोषण: सुडानमा झारफुकको नाममा महिलासँग दुर्व्यवहार
उपचार गराउन जाँदा यौन शोषण: सुडानमा झारफुकको नाममा महिलासँग दुर्व्यवहार
झारफुक गरेर बिरामीलाई निको पारिदिने भन्दै केही धार्मिक नेताहरूले यौन दुर्व्यवहार तथा शोषण गर्ने गरेको दाबीबारे बीबीसी अरेबिकको एउटा टोलीले छद्मभेषमा गएर अनुसन्धान गरेको छ।
मोरक्को र सुडानमा ८० भन्दा बढी महिलाहरूले आफ्नो बलात्कार भएको, आफूलाई कुटपिट गरिएको वा यौन सम्बन्ध राख्न बाध्य पारिएको बताएका थिए।
सुडानमा यस प्रकारको अनुसन्धान पहिलो पटक भएको हो। त्यहाँ धार्मिक गतिविधिमा संलग्न उपचारकहरूले गर्ने कामको कसैले अनुगमन गर्दैन।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









