टीभी देखाएर अफ्रिकामा 'मन जित्ने' चीनको प्रयास

भिडिओ क्याप्शन सुरु हुँदैछ,
टीभी देखाएर अफ्रिकामा 'मन जित्ने' चीनको प्रयास

चीन सरकारले अफ्रिकाका दुर्गम गाउँहरूमा डिजिटल टीभी वितरण गर्ने जिम्मा चिनियाँ कम्पनी स्टारटाइम्सलाई दिँदै "टेन थाउजन्ड भिलेजेज प्रोजेक्ट" सञ्चालन गर्‍यो।

झन्डै एक दशकअघि चीनका राष्ट्रपति सी जिन्पिङले चीन-अफ्रिका शिखर सम्मेलनमा २३ वटा देशका १०,००० गाउँमा डिजिटल टीभी हेर्ने सुविधा उपलब्ध गराउने वाचा गरेका थिए।

यो साता अफ्रिकी नेताहरू अर्को शिखर सम्मेलनका लागि बेइजिङमा बेला हुन लागेको र उक्त परियोजना सम्पन्न हुने सँघारमा पुगेको छ।

यसै सन्दर्भमा 'बीबीसी ग्लोबल चाइना यूनिट' मानिसहरूले चिनियाँ कार्यक्रमहरू कतिको हेरेका छन् र उनीहरूको चीनप्रतिको धारणामा कस्तो परिवर्तन आएको छ भनेर बुझ्न केन्याका केही गाउँमा पुगेको छ।

चीनको रणनीतिक "नरम शक्ति" को परियोजना सफल भएको छ कि छैन भन्ने विषयमा बीबीसीले विज्ञ र स्थानीय गाउँलेहरूसँग कुराकानी गरेको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।