हिउँमा घस्रिँदै र लडीबुडी खेल्दै नागबेली डोब - एन्टार्क्टिकामा 'सील' को रोचक गतिविधि

भिडिओ क्याप्शन सुरु हुँदैछ,
हिउँमा घस्रिँदै र लडीबुडी खेल्दै नागबेली डोब - एन्टार्क्टिकामा 'सील' को रोचक गतिविधि

एन्टार्क्टिकामा 'सील'हरूबारे अध्ययन गरिरहेका वैज्ञानिकहरूले एउटा 'क्र्याबईटर सील' हिउँमा नागबेली परेको डोब बनाउँदै घस्रिएको र लडीबुडी खेल्दै अगाडि बढीरहेको भिडिओ ड्रोनबाट खिचेका छन्।

उक्त अध्ययन गरिरहेको युक्रेनियन एन्टार्क्टिक सेन्टरसँग आबद्ध एक प्राणीशास्त्रीका अनुसार सीलहरू एकैखेपमा ७०० मिटरसम्म घस्रेर अगाडि बढ्न सक्छन् र तिनले बनाएको त्यस्तो डोब निकै मोहक देखिन्छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।