यूट्यूबमा दशौँ करोड 'भ्यू' पाएकी गायिका शान्ति श्रीको सङ्घर्ष र सफलताको कथा

यूट्यूबमा दशौँ करोड 'भ्यू' पाएकी गायिका शान्ति श्रीको सङ्घर्ष र सफलताको कथा

रोल्पामा जन्मिएकी लोकदोहोरी गायिका शान्ति श्री परियार ‪अहिले स्टूडिओदेखि स्टेजसम्म व्यस्त छिन्।

केही दिनअघि उनका दुई गीत 'रुकुम मैकोट' र 'अरेली काँडैले'ले यूट्यूबमा १०/१० करोड भ्यूज पाएर नयाँ कीर्तिमान बनाएपछि उनको थप चर्चा भएको छ।

दोहोरी साँझमा गीत गाएर आमाबुबालाई सघाउन १६ वर्ष नपुग्दै काठमाण्डू आएकी शान्ति श्रीले हालसम्म ३००० भन्दा बढी गीत रेकर्ड गराएको बताउँछिन्।

आफ्नो सफलतामा श्रीमान् मेरुदण्ड बनेको बताउँदै उनले आफूले भोगेको अभावका साथै सङ्घर्ष र सफलताबारे बताएकी छिन्।

बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्।

अन्तर्वार्ता : कमल परियार

भिडिओ : विजय गजमेर

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।