तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतीय गोर्खा भर्ती रोकिँदा अन्यत्र मोडिएका नेपाली युवा
'म भारतीय प्रधानमन्त्री भए तत्काल गोर्खा भर्ती खोल्थेँ' : अशोक मेहता, भारतीय पूर्व सैनिक जेनरल
भारतले सन् २०२२ मा ल्याएको अग्नीवीर योजनापछि भारतीय गोर्खा सैनिक भर्ती रोकिएकोप्रति भारतीय सेनामा भर्ती हुन चाहने नेपाली युवाहरूले दु:ख प्रकट गरेका छन्।
आफ्ना बाबु बाजे भारतीय सैनिक सेवामा काम गरेको स्मरण गर्दै उनीहरूले अहिले ब्रिटिश गोर्खा लगायतका अन्य विदेशी सेनामा जानका लागि तयारी गरिरहेको पनि बताएका छन्।
विगतमा भर्ती खुल्दा लाखौँ नेपालीले भारतीय सेनामा भर्ना हुनेहरूले इच्छा व्यक्त गर्ने गरेको र बर्सेनि १,३०० भन्दा धेरै भारतीय सेनामा भर्ना हुने गरेको तथ्याङ्क रहेको छ।
सन् २०२२ को जुन महिनाको दोस्रो साता भारतीय सेनाले ल्याएको अग्निपथ योजनाअन्तर्गत नेपालमा अघि बढाइन लागिए पनि पछि भर्ना छनोट त्यसै वर्ष रोकिएको थियो।
नेपाली नेताहरूले सन् १९४७ मा नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिअनुसार गोर्खा भर्ती चलिरहेको भन्दै भारतले एकलौटी रूपमा त्यसमा परिवर्तन गर्न नमिल्ने धारणा राख्दै आएका छन्।
पछिल्लो विवरण अनुसार हाल भारतीय सेनामा सातवटा गोर्खा रेजिमन्ट तथा तिनका ३९ वटा बटालिअन रहेका बताइन्छ।
भारतीय सेनामा करिब ३२,००० गोर्खा सैनिक रहेको अनुमान छ।
'अग्निपथ' योजना सन् २०२२ मा लागु भए पनि नेपालबाट भारतीय सेनामा हुने भर्ती कोभिडका कारण सन् २०२० देखि नै प्रभावित भएको थियो।
'अग्निपथ'प्रति नेपालमा असन्तोष व्यक्त भएपछि तत्कालीन भारतीय स्थल सेनाध्यक्ष मनोज पांडेले नेपालले कुनै निर्णय नगरे 'अग्निपथ'अन्तर्गतका कोटा अरूलाई उपलब्ध गराइने बताएका थिए।
भारतीय राजदूतावासको वेबसाइटका अनुसार नेपालमा एक लाख २२ हजार गोर्खा पेन्शनधारीहरू रहेका छन्। भारतले पछिल्लो पटक सन् २०१६-१७ मा सार्वजनिक गरेको एउटा आँकडाअनुसार उसले पेन्शनमा मात्रै ४.४७ अर्ब रुपियाँ खर्च गरेको छ।
विदेशी सेनामा भर्ना हुन चाहने केही नेपाली युवा र भारतीय पूर्व सैनिक उच्च अधिकारीसँग कुराकानी गरेर तयार पारिएको यो भिडिओ ।
भिडिओ : कृष्णमणि बराल
सम्पादन : विजय गजमेर