गुफाभित्र फेला पर्‍यो विशाल जालो, १ लाखभन्दा बढी माकुराको बास

भिडिओ क्याप्शन सुरु हुँदैछ,
गुफाभित्र फेला पर्‍यो विशाल जालो, १ लाखभन्दा बढी माकुराको बास

ग्रीस र आल्बेनियाको सीमावर्ती क्षेत्रमा अवस्थित सल्फर केभमा माकुराहरूले बनाएको एउटा विशाल जालो फेला परेको भर्खरै प्रकाशित एउटा वैज्ञानिक शोधपत्रले जनाएको छ।

एक सय वर्गमिटरभन्दा बढी क्षेत्रफल भएको उक्त जालो संसारकै ठूलो भएको अनुमान छ। केही वर्ष लगाएर गरिएको अध्ययनमा उक्त जालोमा एक लाख १०,००० वटाभन्दा बढी माकुरा बस्ने गरेको पत्ता लागेको छ।

त्यो जालोमा दुई प्रजातिका माकुराहरू बस्छन्। अन्य प्रजातिभन्दा भिन्न एक्लाएक्लै बस्ने नभई तिनले "गोलो" वा "समूह" बनाएको पाइयो।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।