युद्ध अपराधको आरोपमा आईसीसीद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

पुटिन

तस्बिर स्रोत, Getty Images

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले उनीमाथि युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्‍याइएको सहित युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोप लगाएको छ।

उसले उक्त अपराध युक्रेनमा कम्तीमा २४ फेब्रुअरी २०२२ देखि भएको जनाएको छ।

त्यसैबेला रुसले युक्रेनमाथि पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो।

मस्कोले आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ।

साङ्केतिक तस्बिर
यो पनि हेर्नुहोस्
रेड लाइन

आईसीसीले लगाएको आरोप

पुटिन र रुसकी बालअधिकार आयुक्त मारिया लभोभा बेलोभा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पुटिन र रुसकी बालअधिकार आयुक्त मारिया लभोभा बेलोभा

आईसीसीले पुटिनलाई बालबालिकाको निर्वासनमा संलग्न भएको आरोप लगाएको छ।

उसले पुटिनले प्रत्यक्ष रूपमा कार्य गरेको विश्वास गर्ने उचित आधार रहेको दाबी गरेको छ।

अदालतले रुसी नेताले बालबालिकालाई देशबाट भाग्नुपर्ने अवस्था बनाउन अरूलाई रोक्नका निम्ति आफ्नो अधिकार प्रयोग गर्न पनि असफल भएको बताएको छ।

रुसकी बालअधिकार आयुक्त मारिया लभोभा बेलोभालाई पनि आईसीसीले खोजी सूचीमा राखेको छ।

रुसी विदेश मन्त्रालयका प्रवक्ताले पक्राउ पुर्जी अर्थहीन भएको बताएका छन्।

"अन्तर्राष्ट्रिय फौजदारी अदालतका निर्णयले हाम्रो देशका लागि कानुनी दृष्टिकोण सहितको कुनै अर्थ राख्दैनन्," मारिया जाखारोभाले बिहीवार भनिन्।

उनले त्यसो भन्नुको कारण पक्राउपुर्जी जारी भए पनि आईसीसीसँग सन्दिग्धलाई गिरफ्तार गर्ने कुनै शक्ति छैन र अदालत स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरिएका देशहरूमा मात्र उसले आफ्नो अधिकारको प्रयोग गर्न सक्छ।

रुस आईसीसीसम्बन्धी सम्झौताको हस्ताक्षरकर्ता होइन, त्यसले गर्दा पनि उक्त देशबाट सुपुर्दगी हुने सम्भावना छैन।

साङ्केतिक तस्बिर
यो पनि हेर्नुहोस्
साङ्केतिक तस्बिर