'राति पठाइन्थ्यो, एक पटकमा ६/७जनाको सेवा गर्नु पर्थ्यो'
भारतको गोवामा अन्तर्राष्ट्रिय मानव तस्करीमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेसँगै मानव तस्करीमा नेपालको बाटो प्रयोग हुने गरेको दाबी गरिएको छ।
दिल्ली प्रहरीले पक्राउ गरेका व्यक्तिहरूले केन्द्रीय एशियाका गरिब परिवारका महिलाहरूलाई जागिरको प्रलोभन देखाएर नेपाल हुँदै भारत पुर्याउने गरेको बताइएको छ। यसरी भारत पुर्याइएका महिलाहरूलाई उनीहररूले यौन कार्यमा लगाउँथे।
तस्करहरूको पक्षका वकिलहरूले यी आरोप अस्वीकार गरे पनि बीबीसीले पीडितहरूसँग कुराकानी गरेको छ।
ती महिलाहरूले आफूहरूलाई जबरजस्ती यौन कार्यमा लगाइएको दाबी गरेका छन्।
उनीहरूले आफूहरूलाई धेरै ग्राहककहाँ पठाइएको तर कहिल्यै पनि त्यसबापत पैसा नपाएको पनि बताएका छन्।
उद्धार गरिएका ती महिलाहरूआफ्नो घर फर्कन चाहन्छन् तर भारतमा कानुनी प्रक्रियामा अल्झिएका छन्।

भिसा सम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा उनीहरूले मुद्दा खेपिरहेका छन्।
मानव तस्करीको प्रत्यक्षदर्शी भएको अभियोग पनि थप केही व्यक्तिहरूलाई छ। भारतको अदालतले प्रत्यक्षदर्शीका रूपमा उनीहरूको बयान दर्ज नगरेसम्म उनीहरू भारतमै बस्नु पर्नेछ।
भारतबाट बीबीसी संवाददाता दिलनवाज पासा र भिडिओ जर्नलिस्ट दीपक जस्रोसियाको यो रिपोर्ट हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



