मातेर पटरीमा सुतेका मानिसमाथि रेल कुद्‌यो, तर ज्यान जोगियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, पेरूमा मातेर रेलमार्गमा सुतेका मानिसमाथि मालगाडी कुद्‌यो, तर ज्यान जोगियो
मातेर पटरीमा सुतेका मानिसमाथि रेल कुद्‌यो, तर ज्यान जोगियो

पेरूको राजधानी लिमामा एउटा रेलमार्गको पटरीमा मदिरा पिएर अचेत भई सुतेका एक व्यक्तिमाथि रेल कुदेको भए पनि संयोगवश उनको ज्यान जोगिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

सुरक्षा निगरानीका लागि राखिएको एउटा सीसीटीभी क्यामराले खिचेको भिडिओमा ती व्यक्ति चलमल नगरी रेलमार्गमा सुतेको देखिन्छ। त्यही बेला सुस्त गतिमा आएको एउटा मालवाहक रेलले उनलाई किचेको थियो।

उक्त घटनापछि उनी जुरुक्क उठेका थिए। उनलाई सामान्य चोटपटक मात्र लागेको बताइएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।