पाको उमेरका मानिसलाई एक्लोपन बिर्सिन सघाउने सूप

भिडिओ क्याप्शन सुरु हुँदैछ,
पाको उमेरका मानिसलाई एक्लोपन बिर्सिन सघाउने सूप

विश्व स्वास्थ्य सङ्गठनले एक्लोपनलाई एक विश्वव्यापी स्वास्थ्य समस्या मानेको छ। विशेष गरी पाको उमेरका मानिसहरू यसबाट पीडित हुने गरेको पाइन्छ।

द नेदरल्यान्ड्समा यो समस्यासँग जुध्नका लागि 'वन अगेन्स्ट लोन्लिनस' नामक राष्ट्रिय अभियान सुरु भएको छ। यसले विभिन्न समुदायलाई आपसमा जोडी सामाजिक सम्बन्ध बनाउन सहयोग गर्छ।

राजधानी एम्स्टर्ड्याममा 'हजुरआमाहरूको सूप' भनेर चिनिएको 'ओमाज् सूप' नामक समूहले युवा र पाका उमेरका मानिसहरूलाई एक ठाउँमा भेला गरी आपसमा घुलमिल गराएर सूप बनाउने र खाने कार्यक्रम गर्दै आएको छ।

साथै यसले सूपलाई बेचेर प्राप्त नाफाबाट पनि एक्लोपनको समाधानका लागि विभिन्न कार्यक्रम गर्छ।

हेर्नुहोस् यो भिडिओ ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।