'ज्यान मार्ने धम्की र बमले ओलिम्पिक्स खेल्ने मेरो सपना रोक्न सकेनन्'
मनिजा तलाश यस वर्ष प्यारिसमा आयोजना हुने ओलिम्पिक्समा सहभागी एक मात्र अफगान महिला 'ब्रेकर' हुन्।
हुन त 'ब्रेकिङ' लाई ओलिम्पिक्समा समावेश गरिएकै यो पहिलो पटक हो। यसपालिको ओलिम्पिक्समा यस विधामा पुरुष र महिलाहरूबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुँदै छ।
ब्रेकिङमा सहभागी हुने महिलालाई 'बी-गर्ल' भनिन्छ भने पुरुषलाई 'बी-बोइ'।
अफगानिस्तानमा हुर्कँदै गर्दा आफूले त्यहाँ भर्खरै सुरु भएको हिपहप र ब्रेकिङ गतिविधि देखेर ओलिम्पिक्स खेल्ने सपना देख्न थालेको उनी बताउँछिन्।
सन् २०२१ को अगस्टमा तालिबानले पुनः सत्ता कब्जा गरेपछि उनी देश छाड्न बाध्य भइन्। तर इन्टर्न्याश्नल ओलिम्पिक कमिटीले शरणार्थी टोलीकी एक सदस्यका रूपमा उनलाई पनि छनोट गरेपछि उनको सपना पूरा हुन लागेको छ।
तलाश अहिले स्पेनमा छिन्। बीबीसी न्यूजग्यादरिङ टीमका कवून खामूशले निर्माण तथा फिल डार्लीले छायाङ्कन गरेको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



