ओलिम्पिक्समा पदक जित्ने लक्ष्यसाथ तयारीमा तल्लीन नेपालका ब्याडमिन्टन खेलाडी
नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले आगामी जुलाईमा हुने प्यारिस ओलिम्पिक्समा पदक जित्ने लक्ष्यका तयारी गरिरहेको बताएका छन्।
सन् २०२२ मा जूनिअर एकल खेलाडीतर्फ विश्व वरीयताको शीर्षस्थानमा पुगेका दाहाल अनेक अभाव र चुनौतीबीच आफू खेलमा टिक्न सकेको बताए।
सशस्त्र प्रहरी बलसँग आबद्ध खेलाडी उनी खेलका लागि अनुशासन र आहार निकै महत्त्वपूर्ण भएको ठान्छन्।
दार्चुलामा जन्मेका २० वर्षका उनी ओलिम्पिक्स खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी समेत बनेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



