फुल पार्न हिँडेका करोडौँ गँगटाको ताँतीले पूरै टापु राताम्मे

भिडिओ क्याप्शन सुरु हुँदैछ, फुल पार्न हिँडेका करोडौँ गँगटाको ताँती, पूरै टापु राताम्मे
फुल पार्न हिँडेका करोडौँ गँगटाको ताँतीले पूरै टापु राताम्मे

करोडौँ गँगटाहरू एकैपटक बसाइँ सर्दा क्रिस्मस आइल्यान्डमा समुद्री तटनजिकका सडक र भुइँ पूरै राताम्मे भएका छन्।

हिन्द महासागरमा अस्ट्रेलिया र इन्डोनेशियाका जाभानजिकै अवस्थित उक्त टापुमा गँगटाहरू प्रत्येक वर्ष गर्मी याममा फुल पार्न समुद्रको छेउतिर जान्छन्।

ती गँगटाले निर्बाध आवतजावत गर्न पाऊन् भनेर विशेष खालका पुल बनाइन्छ भने स्थानीय रेडिओ स्टेशनहरूले तिनको आवतजावत भएका स्थानबारे सूचना प्रसारण गर्छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।