तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुर्गम टापुमा 'केराउको दानाको आकारका' १,३२९ शङ्खेकिरा किन छाडिए
पोर्चुगलको डेजर्टस आइल्यान्डका शङ्खेकिराहरू केराउको दानाको आकारका छन्। हालै केही अनुसन्धानकर्मीहरूले १,३२९ त्यस्ता शङ्खेकिरालाई उक्त दुर्गम टापुमा छाडेका छन्।
यस प्रकारका शङ्खेकिरालाई लोपोन्मुख मानिएको छ।
त्यसैले उनीहरूलाई उद्धार गरेर प्रजनन गराइएको हो। प्रजननबाट उत्पादित शङ्खेकिरालाई पुनः प्राकृतिक वासस्थलमा छाडेर तिनको विकासक्रमको अनुगमन गर्ने उनीहरूको योजना छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।