'म बसेको ठाउँबाट अरू उठेर जान्थे': बहिष्करणमा परेका एचआईभी सङ्क्रमित अभियानकर्मी बने

'म बसेको ठाउँबाट अरू उठेर जान्थे': बहिष्करणमा परेका एचआईभी सङ्क्रमित अभियानकर्मी बने

सन् १९९४ मा एचआईभी सङ्क्रमण भएको पत्ता लागेपछि गोपाल श्रेष्ठ तीन महिना मात्र बाँच्छन् भनेर चिकित्सकहरूले भनेका थिए।

तर सङ्क्रमणको ३० वर्षपछि पनि उनी स्वस्थ जीवनयापन गरेर ६१ वर्षको उमेरमा धरैका लागि प्रेरणाका स्रोत बनिरहेका छन्।

एचाआईभी भएकै कारण सामाजिक अपहेलना र तिरस्कारको पात्र बनेका उनले आत्मबल बलियो बनाएर जीवनसँग लड्दै गए। तर त्यो यात्रा सहज भने थिएन।

धरै समयसम्म परिवारको विश्वास जित्न नसक्दा र सामाजिक अपहेलनासँग जुध्नुपर्दा उनलाई आत्महत्या गर्ने सोचसमेत आएको उनले बताए।

“एचाआईभी भएकै कारण आफन्तहरूको कार्यक्रममा मलाई बोलाइँदैनथ्यो। बाटोमा हिँड्दासमेत मलाई त्यहाँबाट नहिँड्न भनिन्थ्यो। बसमा चढ्दा म बसेको ठाउँबाट मानिसहरू उठेर जान्थे," उनले बीबीसी न्यूज नेपालीलाई बताए, "म पनि त मान्छे हुँ नि, मलाई किन यस्तो गरे भनेर मलाई निकै चित्त दुख्थ्यो र आत्महत्या गर्ने सोचसमेत आउँथ्यो।”

तर आफू कोहीभन्दा कमजोर नभएको र हार मान्नुहुँदैन भनेर उनले एचआईभीकै क्षेत्रमा काम गर्न थाले। लागुपदार्थ दुर्व्यसनमा लागेर आफूलाई पनि एचआईभी भएका कारण यस क्षेत्रमा काम गरेर जनचेतना फैलाउने काम गरिरहेको उनले बताए।

श्रेष्ठले सन् २०१९ मा सगरमाथाको सफल आरोहण पनि गरे भने अहिले उनले पोखरामा सर्वसाधारणलाई योग पनि सिकाउँछन्।

पोखरामा बस्ने गोपाल श्रेष्ठसँग एचआईभीका कारण उनले भोगेका सामाजिक अपहेलना र त्यसबाट निस्कन उनले गरेका सङ्घर्षबारे सृजना श्रेष्ठले कुराकानी गरेर बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।