अमेरिकाबाट निष्काशित २६१ जनालाई नेल र हतकडी बाँधेर एल साल्भाडोरको जेल
संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा सक्रिय एउटा आपराधिक गिरोहको सदस्य भएको आरोप लगाउँदै देशनिकाला गरिएका २०० जनाभन्दा बढी मानिसलाई एल साल्भाडोरको एउटा जेलमा राखिएको छ।
अमेरिकाले उनीहरूलाई हतकडी र नेल बाँधेर विमानमार्फत् उक्त मध्यअमेरिकी देश पुर्याएको थियो।
भेनेजुएलाका २३८ जनासँगै अमेरिकाले एमएस-थर्टीन नामक अर्को अन्तर्राष्ट्रिय गिरोहका २३ सदस्यलाई पनि त्यसरी नै निष्काशन गरेर एल साल्भाडोर ल्याएको एल साल्भाडोरका राष्ट्रपतिले बताएका छन्।
निष्काशनमा परेर बन्दी बनाइएका कसैको पनि नाम खुलाइएको छैन। दुवै देशले उनीहरू अपराधमा संलग्न भएको पुष्टि हुने कुनै प्रमाण पनि दिएका छैनन्।
हेर्नुहोस् यो भिडिओ।
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



