टिकटकमा बालबालिकालाई यौन क्रियाकलाप गर्न लगाएर 'लाइभस्ट्रीम', त्यसबाट आय

टिकटकमा बालबालिकालाई यौन क्रियाकलाप गर्न लगाएर 'लाइभस्ट्रीम', त्यसबाट आय

केन्यामा टिकटक निकै लोकप्रिय छ। यो मञ्चमा मानिसहरू प्रायः नाचगान गरेका भिडिओ र अन्य रोचक तथा ठट्यौला सामग्री हाल्छन्।

टिकटकमा 'लाइभ' बस्न र एकअर्कालाई 'गिफ्ट' पठाउन पनि मिल्छ। 'गिफ्ट' आदानप्रदान गर्ने सुविधा टिकटकरहरूका लागि आयआर्जन गर्ने माध्यम पनि बनेको छ। तर त्यसको एउटा नराम्रो पक्ष पनि देखा परेको छ - १५ वर्षे किशोरीदेखि अन्य महिलाहरू टिकटकमा यौनजन्य गतिविधि गरेर पैसा कमाउने लोभमा फसेको र तीमध्ये केही उत्पीडनको सिकार हुन थालेको पाइएको छ।

छिटो र सजिलोसँग पैसा कमाउन सकिने लोभ लेखाएर 'डिजिटल दलालहरू'ले कम उमेरका किशोरी र महिलालाई 'लाइभस्ट्रीम'मा अश्लील हाउभाउ देखाएर 'गिफ्ट' बटुल्न लगाउने गरेका छन्। त्यस्ता गिफ्ट पैसासँग साट्न मिल्छ।

'बीबीसी अफ्रिका आई'ले त्यसो यौन उत्पीडन र त्यसबाट कसले नाफा पाउँछ भन्ने विषयमा अनुसन्धान गरेको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।