टेस्लाले १० खर्ब डलर दिने भएपछि रोबटसँग नाचे इलोन मस्क

टेस्लाले १० खर्ब डलर दिने भएपछि रोबटसँग नाचे इलोन मस्क

टेस्ला कम्पनीका शेअरहोल्डरहरूले इलोन मस्कलाई तलबभत्ता र सुविधाबापत झन्डै १० खर्ब अमेरिकी डलर भुक्तानी दिने प्रस्ताव पारित गरेका छन्। बिहीवार आयोजित कम्पनीको वार्षिक साधारणसभामा उक्त प्रस्ताव ७५ प्रतिशतभन्दा बढी मतसहित पारित भएको हो।

मस्क टेस्ला कम्पनीका प्रमुख हुन्। यससँगै मस्कले १० वर्षभित्र बजारमा विद्युतीय गाडीको बिक्री निकै बढाउनुपर्ने चुनौती पाएका छन्। त्यसो गर्न सके र कम्पनीका अन्य लक्ष्यहरू पूरा गरे उनले करौडौँ डलर मूल्यका नयाँ शेअर पनि हात पार्ने छन्।

मस्क विश्वका सर्वाधिक धनी व्यक्ति हुन्। कुनै कम्पनीले कसैलाई दिन लागेको यो रकम अहिलेसम्मकै धेरै हो। त्यति उच्च परिमाणमा भुक्तानी दिन लागेको भनेर टेस्लाको आलोचना पनि भएको छ।

तर टेस्ला सञ्चालक समितिले उक्त प्रस्ताव स्वीकृत नभएको भए मस्कले कम्पनी छोड्न सक्ने सम्भावना रहेको र आफूहरू उनलाई गुमाउन सक्ने अवस्थामा नभएको जनाएको छ।

टेक्ससको अस्टिनमा त्यस्तो भुक्तानीसम्बन्धी प्रस्ताव पारित भएको घोषणा हुनासाथ उनी मञ्चमा गए। सहभागीहरूले उनको नाम लिएर नारा लगाए। मस्क रोबटहरूसँगै नाचे।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।