तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यी महिलाले आफ्नो छोराको अस्तु किन चन्द्रमामा पठाइन्?
सन् २०२४ को ज्यानुअरीमा संयुक्त राज्य अमेरिकाको केप कनाभरलबाट एउटा अन्तरिक्षयान चन्द्रमाका लागि प्रस्थान गर्ने छ र ७० जनाभन्दा बढी मानिसको अस्तुलाई चन्द्रमामा अवतरण गराउने छ।
ती ७० जनामध्ये एक हुन् मोटरसाइकल दुर्घटनामा बितेका १६ वर्षे लिअम आनन्द।
"(त्यसपछि) जब म बाहिर जान्छु र माथि हेर्छु," क्यानडाका यी किशोरकी आमा नडीन भन्छिन्, "उसको शरीरको एउटा अङ्ग चन्द्रमामा भएको थाहा पाउँदा त्यो जादुमय, भावुक र आनन्ददायी हुनेछ।"
सन् २०१८ मा दुर्घटनामा लिअम बितेपछि उनको परिवारले सामान्य अन्तिम संस्कारभन्दा थप केही गर्न चाहेको थियो।
मङ्गल ग्रहमा जाने सपना बोकेका किशोरको निधन भएपछि उनकी आमा छोराको सम्झनामा त्यस सपनासँग मिल्दोजुल्दो केही काम गर्न चाहन्थिन्।
त्यस क्रममा इन्टरनेटमा खोज्दा उनले चन्द्रमामा अस्तु पुर्याउने नयाँ कार्यक्रमबारे थाहा पाइन्।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।