५० किमि प्रति घण्टाभन्दा तीव्र गतिमा सवारी चलाए फोटो खिचिन्छ, जरिवाना गरिन्छ!

५० किमि प्रति घण्टाभन्दा तीव्र गतिमा सवारी चलाए फोटो खिचिन्छ, जरिवाना गरिन्छ!

काठमाण्डू उपत्यकामा ३० प्रतिशतभन्दा बढी दुर्घटना तीव्र गतिका कारण हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ।

काठमाण्डू उपत्यकामा आर्थिक वर्ष २०७८/७९ मा १०,७३३ ओटा सवारी दुर्घटनाहरू भएका छन् जसमध्ये तीव्र गतिका कारणले ३,५४३ दुर्घटना भएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरीको तथ्याङ्कमा छ।

यस्ता दुर्घटना न्यूनीकरणका लागि केही हप्ताअगाडि उपत्यकाका विभिन्न तीन भागमा स्पीड रेकग्निसन क्यामरा अर्थात् अटोमेटिक नम्बर प्लेट रेकग्निसन एएनपीआर क्यामरा जडान गरिएको छ। जडान गरिएको क्यामराबाट अहिले निरीक्षणको काम सुरु गरिएको प्रहरीले जनाएको छ।

“कारबाही उद्देश्य नभएर जनचेतनामार्फत् दुर्घटना न्यूनीकरण गर्नु हाम्रो लक्ष्य हो,” काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले बीबीसी न्यूज नेपालीलाई बताए।

‘ब्ल्याक स्पट’ पहिचान गरेर अर्को आर्थिक वर्षसम्ममा अर्का दुई स्थानमा यस्ता क्यामरा जडान गर्ने योजना ट्राफिक प्रहरीको छ। 

हेर्नुहोस् काठमाण्डूका सडकमा तपाईँको सवारी साधनको निरीक्षण कसरी भइरहेको छ भन्नेबारे सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

यो पनि हेर्नुहोस्

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।