'हामी चढेको डुङ्गा फर्काइदिएपछि मेरी छोरीको ज्यान गयो'
गत महिना १,००० भन्दा बढी रोहिन्ज्या मुस्लिमहरू डुङ्गा चढेर समुद्रको बाटो हुँदै इन्डोनेशियाको आचे प्रान्त पुगे।
म्यान्मारमा सैन्य दमन भएपछि भागेर बाङ्ग्लादेश गएका ती रोहिन्ज्या शरणार्थीहरू अहिले इन्डोनेशिया पुगेका हुन्।
शरणार्थीको ओइरो लाग्न थालेपछि इन्डोनेशियाका लागि मानवीय सहायता जुटाउने र मानव तस्करी रोक्ने चुनौती थपिएको छ।
बाङ्ग्लादेशको शरणार्थी शिविरमा व्याप्त असुरक्षा र दुःखबाट मुक्त भइने आशामा आफ्ना दुई सन्तानसहित डुङ्गा चढेर इन्डोनेशिया गएकी एक महिला अकल्पनीय शोकमा परेकी छन्।
यो भिडिओमा उनी र अरू महिलाले आफूले खेप्नुपरेको दुःखबारे बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



