तीर्थयात्रीको बस दुर्घटनामा परेपछि भारतीय गाउँ शोकमा
तीर्थयात्रीको बस दुर्घटनामा परेपछि भारतीय गाउँ शोकमा
गत साता नेपालको तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै मर्स्याङ्दी नदीमा एक भारतीय बस खस्दा त्यसमा सवार २७ जनाको मृत्यु भयो।
गम्भीर अवस्थामा रहेका १६ घाइतेको उपचार भइरहेको छ।
मृतक र घाइतेमध्ये अधिकांश भारतको महाराष्ट्र राज्यस्थित जलगाउँबाट तीर्थयात्रामा नेपाल आएका थिए।
दुर्घटनापछि उक्त गाउँको अवस्थाबारे बीबीसी मराठीका मयूरेश कोण्णूर र शरद् बढेले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



