शक्तिशाली भूकम्पपछि तिब्बतमा परकम्पको शृङ्खला, धेरै मानिस घर फर्किन 'अनिच्छुक'

भिडिओ क्याप्शन सुरु हुँदैछ, तिब्बतको शिजाङमा परकम्पले यसरी हल्लायो
शक्तिशाली भूकम्पपछि तिब्बतमा परकम्पको शृङ्खला, धेरै मानिस घर फर्किन 'अनिच्छुक'

चीनको तिब्बतमा मङ्गलवार बिहान ७.१ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएपछि दर्जनौँ परकम्प मापन गरिएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ। उक्त भूकम्प नेपाल, भुटान र भारतमा पनि महसुस गरिएको थियो।

विज्ञहरूले भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमास्थित सगरमाथानजिकै रहेको शिगात्से सहरमा भएको बताएका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्पपछि तिब्बतमा परकम्पको शृङ्खला सुरु भएको छ।

परकम्प जाने क्रम नरोकिएकाले धेरै मानिस फेरि घरभित्र जान हिचकिचाएको बताइएको छ।

चिनियाँ अधिकारीहरूका अनुसार भूकम्पमा परेर तिब्बतमा झन्डै १०० जनाको मृत्यु भएको छ। त्यहाँ सयौँ घरहरू भत्किएका छन्।

प्रभावित स्थानमा कठ्याङ्ग्रिने जाडो छ। त्यहाँ उद्धारकर्ताहरूले भवनका भग्नावशेषमा कोही पुरिएका छन् कि भनेर खोजी गरिरहेको र प्रभावित मानिसहरूलाई कम्बल वितरण गरिरहेको भिडिओ सार्वजनिक भएको छ। चिनियाँ सेनाले राहत पुर्‍याउन ड्रोनहरू प्रयोग गरेको छ।

भूकम्पको केन्द्रबिन्दुनजिकै अवस्थित शिजाङका विभिन्‍न स्थानमा परकम्प जाँदा र उद्धारकार्यका बेला खिचिएका केही दृश्य हेर्नुहोस् यो भिडिओमा।

अनि यो पनि