औलोबाट जोगाउन अब बालबालिकालाई खोप
औलो रोगका कारण विश्वभरि प्रत्येक वर्ष पाँच लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ।
लामखुट्टेले सार्ने उक्त रोगबाट जोगाउने उद्देश्यले एउटा खोप पनि बनाइएको छ। क्यामरूनमा परीक्षण गरेपछि विश्व स्वास्थ्य सङ्गठनले उक्त खोपलाई मान्यता दिएको छ।
सन् २०२४ र २०२५ भित्र अढाई लाख बालबालिकालाई उक्त खोप दिने लक्ष्य राखिएको छ।
तर खोपमा खासै रुचि नदेखाइने अफ्रिकी देशहरूमा बालबालिकाका अभिभावकलाई औलोविरुद्ध निर्मित यो खोप लगाउन आश्वस्त पार्नु निकै चुनौतीपूर्ण मानिएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



