जाजरकोट भूकम्पमा गर्भको बच्चा र श्रीमान् गुमाएकी जमुना

जाजरकोट भूकम्पमा गर्भको बच्चा र श्रीमान् गुमाएकी जमुना

जाजरकोटको नलगाड नगरपालिका–६, भारगाउँकी १९ वर्षिय जमुना बुढामगरले सोमबार बिहान आफ्ना श्रीमान नवीन बुढामगर बितेको थाहा पाइन्।

आइतबार राति नै उनले आफ्नो पेटमा हुर्किरहेको मृत बच्चालाई जन्म दिएकी छन्।

शुक्रबार मध्यरातिको भूकम्पले घर हल्लाएपछि दुवै जना सँगै पुरिएका थिए।

गत फागुनमा प्रेम विवाह गरेका जमुना र नवीनको आठ महिनाको बच्चा हुर्किरहेको थियो।

भूकम्पका कारण चोट लागेर अस्पताल पुग्नुअघि नै बच्चा पेटमै बितेको चिकित्सकले बताएका छन्।

बीबीसी संवाददाता विमला चौधरीको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।