फेसबुक कम्पनी: नाम फेरेर मेटा राख्दा इजरेलमा हाँसोको विषय

मेटा

तस्बिर स्रोत, Reuters

फेसबुक कम्पनीले नाम फेरेर मेटा राख्ने घोषणाले इजरेलमा रमाइलो भएको छ। हिब्रु भाषामा मेटा जस्तै शब्दको अर्थ मृत्यु हुन्छ।

मेटाको उच्चारण हिब्रु भाषाको एउटा शब्दको स्त्री लिङ्गी स्वरूप जस्तै हुन्छ।

फेसबुकको घोषणा पछि हिब्रु भाषीहरूले ट्विटरमा ह्यासट्याग फेसबुकडेड प्रयोग गर्दै रमाइलो गरेका छन्।

ट्विटर प्रयोगकर्ता नीरीत वेस ब्लाटले लेखेकी छन्: "हिब्रुमा मेटाको अर्थ मृत्यु। हिब्रु भाषीले आउँदा वर्षहरूको यो नाम सम्झेर हाँस्नेछन्।"

अर्का एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्: "सबै हिब्रु भाषीलाई हाँस्ने राम्रो कारण दिएकोमा धन्यवाद।"

तर नाम वा नामसँग जोडिएका शब्दको अनुवादका कारण यस्तो समस्या भोगेको फेसबुक पहिलो कम्पनी होइन।

अनुवादमा कुअर्थ लागेका अन्य घटनाहरू पनि छन्।

'औँला खानुहोस्'

सन् १९८० को दशकमा केएफसी चीन प्रवेश गर्दा यसको नाममा जोडिएको फिङ्गर लिकिङ गुड अर्थात् औँला चाट्ने गरी मिठो शब्दावलीको अनुवाद चिनियाँहरूका लागि रुचिकर बनेन।

चिनियाँ भाषाको यसको अनुवाद 'औँला टोकेर खानुहोस्' भन्ने लाग्यो।

तर यसले कम्पनीलाई खासै असर गरेन किनभने अहिले यो चीनमा सबैभन्दा ठूलो रेस्टुराँ हो।

केएफसी

'मलमूत्र'

रोल्स रोयसले जर्मनीमा आफ्नो कार सिल्भर मिस्टको नाम फेरेर सिल्भर स्याडो राख्नुपर्‍यो।

यसको कारण मिस्टको अर्थ जर्मन भाषामा मलमूत्र भन्ने हुन्छ।

सन् २०११ नोकियाले लुमिया फोन घोषणा गर्दा चाहेजस्तो सकारात्मक प्रतिक्रिया पाएन।

स्पेनिस भाषी एक समूहमा लमियाको अर्थ वेश्या हुन्छ।

होण्डाले नयाँ कार फिट्टा राख्दा झन्डै समस्यामा परेको थियो। स्वीडेनमा यो शब्द महिला यौनाङ्गलाई जनाउने फोहोरी शब्द हो।

अन्य थुप्रै भाषामा पनि यसको नराम्रो अर्थ लाग्यो तर होण्डाले सुरुमै यो कुरा थाहा पाएर सो कारको नाम थुप्रै देशमा ज्याज राख्ने निर्णय गर्‍यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जहाँ सामाजिक सञ्जालको प्रयोगमा कर लाग्छ