तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अटिजम् भएकाहरुका लागि पदयात्रा
फ्रान्समा जन्मिएका एलेक्स कोन्टी गएको पन्ध्र वर्षदेखि बेलायतमा वरिष्ठ फिजियोथेरापिष्टको रुपमा कार्यरत छन्।
उनले नेपालको उच्च पर्वतीय भूभागमा चार महिना लगाएर ‘ग्रेट हिमालयन ट्रेल’ भनिने झण्डै १७ सय किलोमिटर पदयात्रा गर्ने लक्ष्य लिएका छन्।
शारीरिक विकासमा वाधा पुग्ने एक किसिमको रोग अटिजमका विरामीहरुका लागि नेपालमा एउटा राष्ट्रिय केन्द्र स्थापना गर्न पदयात्रा गर्न लागेको उनले बताए।
उनलाई बीबीसीको लण्डनस्थित स्ट्डियोमा हाम्रा साथी भगीरथ योगीले “भूकम्प पछि नेपाल यात्रा गर्न सुरक्षित छैन भनेर कतिपय मानिसहरुले चिन्ता व्यक्त गरिरहेका बेला तपाईं यति लामो यात्रामा किन जान लाग्नुभएको?” भनेर सोधेका थिए।