नेपालमा पहिलो पटक शल्यक्रियाबाट हात्तीको बच्चाको जन्म
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्रमा 'नेपालमा नै पहिलो पटक हात्तीको शल्यक्रिया गरेर' बच्चाको जन्म भएको छ ।
गण्डकीकली नामको हात्तीबाट जन्मिएको यो छावाको नाम 'विजयगज' राखिएको छ।
कुनै बेला चितवन राष्ट्रिय निकुञ्ज र नजिकका क्षेत्रमा उत्पात मच्चाएको जङ्गली हात्ती 'ध्रुबे'को संसर्गबाट गर्भधारण गरी प्रजनन केन्द्रमा पालिएकी ढोई गण्डकीकलीले उक्त छावा जन्माएको निकुञ्जले जनाएको छ।
बेथा लागेको दुई दिनसम्म गण्डकीकली ब्याउन नसकेपछि झन्डै तीन घण्टा लगाएर शल्यक्रिया गरिएको पशु चिकित्सक विजयकुमार श्रेष्ठ बताउँछन्।
माउले स्तनपान नगराएकाले विजयगजलाई अहिले धुलो दूध पानीमा घोलेर बोतलबाट दैनिक १५ लिटरसम्म खुवाउने गरिएको छ।
विसं २०४४ सालमा स्थापित उक्त हात्ती प्रजनन केन्द्रमा हालसम्म झन्डै ६२ वटा छावा जन्मिएका निकुञ्जले जनाएको छ।
हेर्नुहोस् कमल परियार र ईश्वर जोशीले बनाएको यो भिडिओ।