नेपाल क्रिकेट: प्रशिक्षक मोन्टी देसाइ भन्छन्, 'शैलीमा सुधार गरेका छौँ'
आइसीसी विश्वकप लीग २ त्रिकोणात्मक श्रृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले 'एकपछि अर्को चमत्कार' गर्दै 'विश्वकपको ग्लोबल क्वालिफायर'को सँघारमा पुगेको खेलाडी तथा प्रशिक्षकले बताएका छन्।
यसका लागि खेलाडी तथा प्रशिक्षक मात्र नभई क्रिकेटसम्बद्ध धेरै क्षेत्रको योगदान रहेको उनीहरूको भनाइ छ।
नयाँ प्रशिक्षक मोन्टी देसाइका भनाइमा क्रिकेटमा पछिल्लो सफलताको सूत्र भनेको 'धेरै अगाडिको योजना नबनाउने र एकपटकमा एउटा खेलमा मात्र ध्यान केन्द्रित गर्नु रहेको' बताउँछन्।
नेपालले 'एकदिवसीय अन्तर्राष्ट्रिय' राष्ट्रको मान्यता जोगाउँदै बिहीवार 'विश्वकपको ग्लोबल क्वालिफायर'का लागि खेल्दै छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।