अपाङ्गता भएका खेलाडीको क्रिकेट: 'सरकारको प्राथमिकतामा परे पदक ल्याउँछौँ'
शारीरिक अपाङ्गता भएका क्रिकेट खेलाडीहरूले कुनै सहयोगबिना क्रिकेट खेलिरहँदा लक्ष्य अनुसार खेलमा सुधार गर्न नसकेको बताएका छन्।
क्रिकेट खेल्नु महँगो भएको र जीविकोपार्जनको समस्याका कारण खेलाडीहरू जम्मा पार्न र टिकाउन कठिन भएको उनीहरूको भनाइ छ।
हालै नेपाल, श्रीलङ्का, भारत र बाङ्ग्लादेशका शारीरिक अपाङ्गता भएका खेलाडीबीच बाङ्लादेशमा क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।
नेपाल ह्विलचेअर क्रिकेट सङ्घका अध्यक्ष छुल्ठिम शेर्पाले शारीरिक रूपमा अपाङ्गता भएका खेलाडीहरू राज्यको प्राथमिकतामा नपरेकोमा दुःख व्यक्त गरेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।