पब्जी खेलेर साढे तीन करोड रुपैयाँ जितेका खेलाडी भन्छन्, 'अबको लक्ष्य च्याम्पियन बन्ने'
चर्चित मोबाइल खेल पब्जीको विश्वकपमा दोस्रो बनेका नेपाली खेलाडीहरूले व्यवसायिक रुपमा पब्जी खेलेरै नामका साथै आयआर्जन गर्न सकिने बताएका छन्।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा नेपाली टोली द रिअल सोल्जर्स (डीआरएस) उपविजेता बन्दै झन्डै साढे तीन करोड रुपैयाँ पुरस्कार स्वरूप जितेको छ।
डीआरएस सहित नेपालको अर्को टोली ट्रेन्ड टु किल (टीटूके) उक्त प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेको थियो।
पब्जीप्रति नेपालमा नकारात्मक धारण भएकोले आफूहरूले परिवार तथा समाजमा निकै सङ्घर्ष गर्नुपरेको खेलाडी तथा व्यवस्थापकको अनुभव छ।
पब्जीमा विश्व उत्कृष्ट बन्ने उनीहरूको आगामी लक्ष्य छ।
उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न तीनवटा नेपाली टोली गएका थिए।
तर नेपालको एउटा टोली चाहिँ अघिल्लो चरणबाटै बाहिरिएको थियो।
यद्यपि, उक्त समूहले पनि नगद पुरस्कार प्राप्त गरेको बताइएको छ।
उनीहरूले विश्वस्तरको प्रतिस्पर्धामा जानुअघि दक्षिण एसियाली प्रतियोगिता पार गरेका थिए।
पब्जी युद्ध मैदानको भान दिने अनलाइन खेल हो। यसमा एउटा खेलाडीहरूको समूह अर्कोविरुद्ध खेल्छन्। जुन समूहको धेरै खेलाडी अन्तिम अवस्थासम्म टिक्न सक्छन् त्यही समूहले खेल जित्ने पब्जी खेलाडीहरू बताउँछन्।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
अनि यो पनि।