नेपाल संस्कृति: ‘एक्लै रूँदै ऐना हेरेर टीका लगाउँथे’
सुदिप गौतम जन्मिँदा महिलाको रूपमा जन्मिएका थिए। अहिले उनी आफूलाई पारलैङ्गिक पुरुषको रूपमा चिनाउँछन्।
उनलाई उनको लिङ्गको आधारमा परिवार र समाजले गरेको भेदभावले पीडा हुन्थ्यो।
तिहारमा भाइटीकामा अरूको निधारमा टीका देख्दा उनलाई पनि टीका लगाउने रहर लाग्थ्यो।
त्यो बेला उनी आफ्नै निधारमा आफैँ टीका लगाउँथे।
तर ५ वर्ष अगाडि भेट भएकी मन्दिरा सिलवालले उनलाई भाइ मानेपछि उनले पनि अचेल हरेक वर्ष भाइटीकामा टीका लगाउन पाएका छन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।
अनि यो पनि