महसा अमिनीः इरानी दूतावासबाहिर अफगान महिलाले गरे नाराबाजी
Published
अफगानिस्तानको राजधानी काबुलस्थित इरानी दूतावासबाहिर अफगान महिलाहरूले विरोधप्रदर्शन र नाराबाजी गरेका छन्।
उनीहरूले इरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि आन्दोलित भएका महिलाहरूप्रति समर्थन व्यक्त गरेका हुन्।
हिजाबसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी ती युवतीको मृत्यु भएपछि अहिले इरानमा तनाव चर्किएको छ।
त्यहाँ प्रदर्शनहरू हिंसात्मक हुँदा ७५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँ जना पक्राउ परेका छन्।
काबुलमा बिहीवार आयोजित प्रदर्शनलाई तालिबानका सुरक्षाकर्मीहरूले तितरबितर पारेका थिए।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि