महिनावारी: विद्यार्थीको नि:शुल्क स्यानिटरी प्याड अनुरोधमा महिला अधिकारीको आक्रोश चरम विवादमा

दशौँ लाख विद्यार्थीहरूको सुरक्षित महिनावारी स्वास्थ्य सामग्रीमा पहुँच छैन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दशौँ लाख विद्यार्थीहरूको सुरक्षित महिनावारी स्वास्थ्य सामग्रीमा पहुँच छैन

एकजना महिला सरकारी कर्मचारीले एउटी स्कूले विद्यार्थीले निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउनुपर्‍यो भन्ने आग्रहमा दिएको जबाफका कारण भारतमा तीव्र प्रतिक्रिया जन्माइदिएको छ।पूर्वी बिहार प्रदेशमा युनिसेफसँग गरिएको एउटा कार्यशालामा ती किशोरीले त्यस्तो अनुरोध गरेकी थिइन्।ती सरकारी कर्मचारीले अब केटीहरूले सरकारबाट निःशुल्क लुगा, जुत्ता र कन्डोमसम्म अपेक्षा गर्न थाल्नेछन् भनेकी थिइन्।महिनावारी अहिले पनि भारतमा खुलेर कुराकानी नगरिने विषयमध्ये पर्छ र महिनावारी भएका महिलाहरूलाई धेरैजसो कडा नियममा राखिन्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसले कसरी काम गर्छ? कोभिड खोपले मेरो महिनावारीलाई असर गर्छ?

महिनावारीका बेला आवश्यक पर्ने सरसफाइ सम्बन्धी कुरामा पहुँच नहुँदा भारतमा करिब २ करोड ३० लाख छात्राहरूले बीचैमा स्कूल छोड्ने गरेको तथ्याङ्क छ।

भारतमा महिनावारी सम्बन्धी विषयमा खुलेर कुराकानी गरिन्न

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतमा महिनावारी सम्बन्धी विषयमा खुलेर कुराकानी गरिन्न

भारतका गरिब राज्यमध्येमा पर्ने बिहारमा ५९ प्रतिशत महिलाले मात्रै महिनावारीका बेला स्वास्थ्यकर सामग्री प्रयोग गर्ने गरेको पछिल्लो न्याशनल फ्यामिली हेल्थ सर्भेले देखाएको छ। यो त्यहाँको सरकारले स्वास्थ्य र सामाजिक सूचकाङ्कबारे गरेको अहिलेसम्मकै विस्तृत सर्भे हो।मङ्गलवारको सशक्त बेटी, समृद्ध बिहार कार्यक्रममा बिहार राज्यको राजधानी पटनामा ती विद्यार्थीले वरिष्ठ कर्मचारी हरजोत कौर भामरालाई सरकारले छात्राहरूलाई बजारमा २० देखि ३० भारु पर्ने स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन सक्छ कि? भनेर सोधेकी थिइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के महिनावारी हुँदा गुलियो, व्यायाम र यौन बार्नुपर्छ?

ती विद्यार्थीले आफ्नो स्कूलमा बिग्रेका शौचालय र ती प्रयोग गर्नमा रहेका समस्याबारे पनि बोलेकी थिइन्। रिपोर्टहरूमा जनाइए अनुसार कार्यक्रममा खासगरी १५ र १६ वर्षका विद्यार्थीहरू सहभागी थिए।महिला तथा बालबालिका कल्याण मन्त्रालयकी वरिष्ठ महिला अधिकारी भामरा - जो महिला तथा बालबालिका विकास कर्पोरेशनकी पनि प्रमुख हुन् - ती स्कूले किशोरीको प्रश्नबाट आक्रोशित बन्न पुगेकी थिइन्। "किन तिमी सबै कुरा सरकारबाट पाउन चाहन्छ्यौ? यस प्रकारको सोचाइमा परिवर्तन आउन जरुरी छ। तिमी आफैँ गर" ती सरकारी कर्मचारीले भनेकी थिइन्।

Photo of sanitary pads

तस्बिर स्रोत, Getty Images

जनताले मत दिएर बनेको सरकारले समाधान दिनुपर्ने ती विद्यार्थीले दोहोर्‍याएपछि ती सरकारी अधिकारी भामराले आक्रोशित हुँदै भनेकी थिइन्, "यो त मूर्खताको पराकाष्ठा हो। भोट नखसाल। पाकिस्तान बन। के तिमी पैसा वा सेवाका लागि भोट खसाल्छ्यौ? "त्यो कुराकानीको भिडियो सोसल मिडियामा शेअर हुन थालेपछि ती अधिकारीका प्रतिक्रियालाई कैयौँले लज्जास्पद भनेका थिए र सार्वजनिक सेवामा बस्न ती महिला अक्षम भएको भनेका थिए।

 ती अधिकारी भामराले त्यो घटनाबारे छापिएको समाचार झुटा र खराब नियत प्रेरित भएको र त्यसबारे पहिलोपटक रिपोर्टिङ गरेको अखबार विरुद्ध कानुनी उपचार खोज्ने धम्की दिएकी थिइन्।"म महिलाका हक अधिकार र सशक्तीकरण बारे सशक्त आवाज उठाउने भनेर चिनिएकी महिला हुँ," उनले भनिन्।

उनले आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउन खराब तत्वहरूले प्रयास गरिरहेको आरोप लगाइन्।