नेपाल बाजागाजा: मुखले होइन नाकले मुरली बजाउने दीपक

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'प्रतिभा भनेको अनौठो नै मान्छेले मन पराउँछ नि त!'

पचपन्न वर्षीय दीपकप्रसाद दाहालसँग अनौठो क्षमता छ। उनी नाकले मुरली बजाउँछन्।

त्यतिमात्र मात्र होइन उनी पानीमा तैरिएर पनि मुरली बजाउँछन्। पेसाले उनी रसायनशास्त्री हुन्।

"मैले नाकले मुरली बजाउन थालेको पच्चीस वर्षभन्दा बढी भयो। मुखले त त्यो भन्दा पनि पहिलेदेखि बजाउँथेँ।"

"पछि नाकबाट बजाउन प्रयास गरेँ। दुई तीन दिनभित्र नै बजाउन सिकिहालेँ," उनले बीबीसीसँग भने।

कैयौँले आफ्नो प्रतिभाको तारिफ गर्न थालेपछि सामाजिक सञ्जालमा भिडिओ बानाएर राख्न थालेको उनी बताउँछन्।

दाहालले कसरी र कस्ता कस्ता गीत बजाउन सक्छन्? सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ ।

अनि यो पनि: