कुस्ती, गोलभेँडा र झिलिमिली धनुष सागर: यो साताका १० राम्रा तस्बिर

Published

यो साता विश्वभर खिचिएका राम्रा तस्बिरहरू यस्ता छन्।

यूकेमा भएको ग्रेभी कुस्तीमा भाग लिइरहेका प्रतिस्पर्धीहरू। सामाजिक कार्यका लागि पैसा उठाउन गरिने यो प्रतिस्पर्धामा खेलाडीहरू दुई मिनेटसम्म हिलोमा खेल्छन् र विजेता छान्न उनीहरूको कपडा, हास्यरस र कुस्ती सीपलाई अङ्क दिइन्छ।
तस्बिरको क्याप्शन, यूकेमा भएको ग्रेभी कुस्तीमा भाग लिइरहेका प्रतिस्पर्धीहरू। सामाजिक कार्यका लागि पैसा उठाउन गरिने यो प्रतिस्पर्धामा खेलाडीहरू दुई मिनेटसम्म हिलोमा खेल्छन् र विजेता छान्न उनीहरूको कपडा, हास्यरस र कुस्ती सीपलाई अङ्क दिइन्छ।
मलेशियाको राष्ट्रिय दिवस मनाउँदै राजधानीमा मानिसहरू
तस्बिरको क्याप्शन, मलेशियाको राष्ट्रिय दिवस मनाउँदै राजधानीमा मानिसहरू
पाकिस्तानमा बाढीबीच खोला तर्न तुइन प्रयोग गर्दै स्थानीय बासिन्दा
तस्बिरको क्याप्शन, पाकिस्तानमा बाढीबीच खोला तर्न तुइन प्रयोग गर्दै स्थानीय बासिन्दा
मेक्सिकोबाट अमेरिका मानिसहरूलाई लग्न रियो ग्राण्ड नदी तार्दै गरेका मानव तस्करहरू
तस्बिरको क्याप्शन, मेक्सिकोबाट मानिसहरूलाई अमेरिका लग्न रियो ग्राण्ड नदी तार्दै गरेका मानव तस्करहरू
एक सय वर्षभन्दा लामो समयदेखि यूकेमा आयोजना भइरहेको पानी फुटबल। यो फुटबल खेलमा गोलपोस्ट खोलामा राखिन्छ र खेलाडीहरू सबै दर्शकलाई सकेसम्म भिजाउँदै गोल गर्ने प्रयास गर्छन्।
तस्बिरको क्याप्शन, एक सय वर्षभन्दा लामो समयदेखि यूकेमा आयोजना भइरहेको पानी फुटबल। यो फुटबल खेलमा गोलपोस्ट खोलामा राखिन्छ र खेलाडीहरू सबै दर्शकलाई सकेसम्म भिजाउँदै गोल गर्ने प्रयास गर्छन्।
गणेश चतुर्थीको अवसरमा धनुष सागरको डिलमा झिलिमिली बत्तीले सजिएको गणेश मन्दिर
तस्बिरको क्याप्शन, गणेश चतुर्थीको अवसरमा जनकपुरको धनुष सागरको डिलमा झिलिमिली बत्तीले सजिएको गणेश मन्दिर
स्पेनको भ्यालेन्सियाको सम्पन्न वार्षिक टोमाटीनो फाइट नामक गोलभेडा प्रतिस्पर्धाका सहभागी। यो कार्यक्रम दुई वर्ष कोभिडका कारण रोकिएको थियो।
तस्बिरको क्याप्शन, स्पेनको भ्यालेन्सियाको सम्पन्न वार्षिक टोमाटीनो फाइट नामक गोलभेडा प्रतिस्पर्धाका सहभागी। यो कार्यक्रम गत दुई वर्ष कोभिडका कारण रोकिएको थियो।
भेनिस चलचित्र महोत्सवमा पहिलोपल्ट प्रदर्शन भएको लिभिङ चलचित्रका नायिका एमी लु वुड आफ्ना समर्थकसँग तस्बिर खिचाउँदै
तस्बिरको क्याप्शन, भेनिस चलचित्र महोत्सवमा पहिलोपल्ट प्रदर्शन भएको लिभिङ चलचित्रका नायिका एमी लु वुड आफ्ना समर्थकसँग तस्बिर खिचाउँदै
फिफा यू-२० महिला विश्वकप जितेपछि तस्बिर खिच्दै स्पेनकी सलमा पाराल्यूलो। कोस्टारिकामा भएको प्रतियोगिताको फाइनलमा स्पेनले जापानलाई पराजित गरेको थियो।
तस्बिरको क्याप्शन, फिफा यू-२० महिला विश्वकप जितेपछि तस्बिर खिच्दै स्पेनकी सलमा पाराल्यूलो। कोस्टारिकामा भएको प्रतियोगिताको फाइनलमा स्पेनले जापानलाई पराजित गरेको थियो।
1px transparent line

सबै तस्बिरका सर्वाधिकार सुरक्षित गरिएका छन्।