अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनः आठवर्षे बालिकाले रेडिओ उपकरण प्रयोग गरेर अन्तरिक्षयात्रीसँग कुरा गरिन्

इसाबेलाले आफ्नो बुबाको उपकरण प्रयोग गरेर अन्तरिक्षयात्रीसँग कुरा गरेकी हुन्
तस्बिरको क्याप्शन, इसाबेलाले आफ्नो बुबाको उपकरण प्रयोग गरेर अन्तरिक्षयात्रीसँग कुरा गरेकी हुन्

यूकेको केन्ट निवासी एक आठ वर्षीया बालिकाले आफ्नो बुबाको ह्याम रेडिओ भनिने सोखका लागि उपयोग गरिने उपकरण प्रयोग गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा रहेका एक अन्तरिक्षयात्रीसँग कुरा गरेकी छन्।

आईएसएस केन्टमाथिबाट घुम्दा इसाबेलाले अमेरिकी अन्तरिक्षयात्री चेल लिन्ड्ग्रनसँग झन्डै ४५ सेकेन्ड कुरा गर्न पाइन्।

डा. लिन्ड्ग्रनले त्यो वार्ता "आफ्नो अहिलेसम्मकै सबैभन्दा मन परेको कुराकानी हुन सक्ने" बताएका छन्।

इसाबेलाले उक्त कुराकानीलाई "अद्भुत"को सङ्ज्ञा दिँदै भनिन्: "म आठ वर्षकी भन्ने थाहा पाउनेबित्तिकै उनको बोली सामान्यबाट हर्षित सुनियो।"

कुराकानीपछि ट्वीट गर्दै डा. लिन्ड्ग्रनले आफू पनि ह्याम रेडिओको सौखिन भएको जनाएर इसाबेलालाई सम्बोधन गर्दै लेखेः "कुरा गर्दा रमाइलो भयो, रेडिओमा आएर हेलो भनेकोमा धन्यवाद।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

इसाबेलाले भने त्यो घटनाले आफू प्रेरित भएको बताउँदै यसले "केटा र केटीहरू चाहेको जे पनि गर्न सक्छन्" भनेर प्रमाणित भएको बताइन्।

इसाबेलाका बुवा म्याथ्यूसँग १५ भन्दाअघिदेखि सौखिन रेडिओ सञ्चालन गर्ने अनुमति छ। उनले आईएसएस केन्टमाथिबाट जान लागेको थाहा पाएका थिए।

चेल लिन्ड्ग्रन

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, चेल लिन्ड्ग्रनले इसाबेलालाई धन्यवाद भनेका छन्

उनले भने: "आईएसएस हामीमाथिबाट गइरहेको सही समय र अन्तरिक्षयात्रीले ह्याम रेडिओ चलाइरहेको सही समय मिल्नुपर्छ।"

"त्यो कुरा गर्ने मान्छे म नभएकोमा मलाई अलि लोभ लाग्यो। तर इसाबेलाले सम्पर्क गरेको कुरा निकै रमाइलो थियो।"

आमाबुबाले इसाबेलाले लामो समयदेखि अन्तरिक्ष र ह्याम रेडिओमा रुचि देखाएको बताएका छन्।

ह्याम रेडिओ सञ्चालन गर्न यूकेमा अनुमति लिनुपर्छ।

नेपालमा पनि ह्याम रेडिओ सञ्चालनका लागि अनुमति लिनुपर्छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, अन्तरिक्षमा खानीः के क्षुद्रग्रहबाट बहुमूल्य धातु ल्याउन सम्भव छ?