एडिनो भाइरस: 'मास्क र सामाजिक दूरी कायम राखे बच्न सकिन्छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, एडिनो भाइरस: 'मास्क र सामाजिक दूरी कायम राखे बच्न सकिन्छ'

काठमाण्डू उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरोजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा एडिनो भाइरस सङ्क्रमण देखिएको चिकित्सकहरूले बताएका छन्।

एडिनो भाइरस सङ्क्रमण भएमा ज्वरो आउने, सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने र आँखा पाक्ने लक्षणहरू देखा पर्ने चिकित्सकहरू बताउँछन्।

कान्ति बाल अस्पताल प्रा. डा. दिपेश्वरा नेपालका अनुसार कोरोनाभाइरसबाट बच्न जस्तै मास्क र सामाजिक दूरी कायम राखेर एडिनो भाइरसबाट बच्न सकिन्छ।

यसका लक्षण के-के हुन्? नेपालमा एडिनो भाइरसको अवस्था के छ? यसको उपचार कसरी गर्ने? यो भाइरसबाट कसरी जोगिने?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि: