तस्बिरमा यो साता: २३ - २९ जुलाई २०२२

Published

यो साता संसारभरि खिचिएका प्रभावशाली केही समाचार तस्बिरहरू

पोप फ्रान्सिसले जुलाई २५ तारिखमा क्यानडाका आदिवासीलाई भेटेका छन्
तस्बिरको क्याप्शन, क्यानडा एलबर्टाका आदिवासी समुदायसँग इसाई धर्मगुरु पोप फ्रान्सिसले भेट गरेका छन्। उनले आदिवासी बालबालिकालाई आवासीय विद्यालयमा भर्ना गर्ने विषयमा गिर्जाघरको यस अघिको भूमिकाबारे क्षमा माग्न भेटेका हुन्
1px transparent line
क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा डढेलो जल्दै गरेको एक घर। डढेलोका कारण यो क्षेत्रका ६ हजार मानिस घर छोडेर अस्थायी आश्रयस्थलमा बसिरहेका छन्।
तस्बिरको क्याप्शन, क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा डढेलो जल्दै गरेको एक घर। डढेलोका कारण यो क्षेत्रका ६ हजार मानिस घर छोडेर अस्थायी आश्रयस्थलमा बसिरहेका छन्।
1px transparent line
जुलाई २३ का दिन भएको डुङ्गा प्रतिस्पर्धा
तस्बिरको क्याप्शन, सेनेगल नदीमा डुङ्गा प्रतिस्पर्धामा सहभागीहरू। यो प्रतिस्पर्धा २०० वर्षदेखि चल्दै आएको छ। नदी नजिकका शहरहरूबाट मानिसहरू प्रतिस्पर्धामा सहभागी हुन्छन्। 
1px transparent line
न्यू योर्क सिटीमा भएको नवौँ वार्षिकोत्सवमा शरीरमा कलाकारिता पोत्ने क्रियाकलाप। त्यसमा ५० जना कलाकार सहभागी भएका थिए। 
तस्बिरको क्याप्शन, न्यू योर्क सिटीमा भएको नवौँ वार्षिकोत्सवमा शरीरमा कलाकारिता पोत्ने क्रियाकलाप। त्यसमा ५० जना कलाकार सहभागी भएका थिए। 
1px transparent line
घण्टाकर्ण पर्वका बेला भक्तपुरमा घण्टाकर्ण जलाइएको यो तस्बिर पनि बीबीसीको रोजाइमा परेको छ। यो साङ्केतिक रूपमा राक्षसलाई समाप्त पारेर जात्रा मनाउने पर्व हो।
तस्बिरको क्याप्शन, घण्टाकर्ण पर्वका बेला भक्तपुरमा घण्टाकर्ण जलाइएको यो तस्बिर पनि बीबीसीको रोजाइमा परेको छ। यो साङ्केतिक रूपमा राक्षसलाई समाप्त पारेर जात्रा मनाउने पर्व हो।
1px transparent line
ग्रीस, एथेन्सको काभोरी समुन्द्र तटमा साइकलयात्री उष्णलहर चलेका बेला आफ्नो कला देखाउँदै।
तस्बिरको क्याप्शन, ग्रीस, एथेन्सको काभोरी समुन्द्र तटमा साइकलयात्री उष्णलहर चलेका बेला आफ्नो कला देखाउँदै।
1px transparent line
जुलाई २८ का दिन उक्त प्रतियोगिता उद्घाटन भएको थियो।
तस्बिरको क्याप्शन, द कमनवेल्थ गेम्स अर्थात् खेल प्रतिस्पर्धा यूकेको बर्मिङ्घम शहरमा शुक्रवार सुरु हुँदाको भव्य समारोह। ७२ देशका ५००० भन्दा बढी खेलाडीहरू प्रतिस्पर्धामा रहेका छन्। अगस्ट ८ सम्म चल्ने प्रतियोगितामा २८० वटा पदक वितरण हुनेछन्।
1px transparent line
एकजना गोताखोरले लेबननको समुन्द्री क्षेत्रबाट सङ्कलन गरेको सी अर्चिन नाम गरेको समुन्द्री जीव
तस्बिरको क्याप्शन, एकजना गोताखोरले लेबननको समुन्द्री क्षेत्रबाट सङ्कलन गरेको सी अर्चिन नाम गरेको समुन्द्री जीव।
1px transparent line
२५ जुलाईको रातमा यो क्षेत्रमा क्षेप्यास्त्र आक्रमण भएपछि निरीक्षणमा स्थानीयवासी
तस्बिरको क्याप्शन, युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणपछि भएको क्षति निरीक्षण गर्दै उक्त भवनका बासिन्दाहरू।
1px transparent line
आमा र छोरा सूर्यमुखी खेतमा हिँड्दै गरेका छन्, यूकेको यो खेतमा रोपिएका सूर्यमुखी फूल यो वर्ष भएको उच्च तापक्रमका कारण अन्य वर्षमा भन्दा पहिले नै फुलेको छ।
तस्बिरको क्याप्शन, आमा र छोरा सूर्यमुखी खेतमा हिँड्दै गरेका छन्, यूकेको यो खेतमा रोपिएका सूर्यमुखी फूल यो वर्ष भएको उच्च तापक्रमका कारण अन्य वर्षमा भन्दा पहिले नै फुलेको छ।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।