जलवायु परिवर्तन: युरोपमा प्रचण्ड गर्मी, डढेलोका कारण धेरै मानिस प्रभावित
युरोपका विभिन्न भागमा उच्च तापक्रम मापन भएको छ भने डढेलोका कारण हजारौँ मानिस प्रभावित भएका छन्।
स्पेनमा दर्जनौँ स्थानमा डढेलो लागेको छ, फ्रान्समा हजारौँ मनिसहरू घर छोड्न बाध्य भएका छन् र लन्डन फायर ब्रिगेडले थुप्रै स्थानमा आगो निभाउनुपरेको छ।
यूकेमा पहिलो पटक मङ्गलवार ४० डिग्री सेल्सीअसभन्दा बढी तापमान मापन भयो।
स्पेन र पोर्चुगलमा उष्णलहरका कारण सयौँ मानिसको मृत्यु भएको बताइएको छ। धेरै स्थानमा यातायात अवरुद्ध भएको छ।
वैज्ञानिकहरू युरोपमा फैलिएको उष्णलहरको कारण जलवायु परिवर्तन भएको बताउँछन्।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि