'हामी शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा कोहीभन्दा कम छैनौँ'
"अपाङ्ग हुँदा पूर्व जन्ममा पाप गरेको कारणले यिनीहरू यस्ता भएका हुन् भनेर पनि सुन्नुपर्छ। एकदम नै पिडा हुन्छ यस्तो कुरा सुन्दा," छविकुमारी ओली दुख व्यक्त्त गर्छिन्।
उनले हालसालै सम्पन्न 'मिस एन्ड मिसेस डिजएबिलिटि क्विन’ प्रतियोगीतामा एक उपाधि जितेकी हुन्।
उनी जस्तै विभिन्न कारणवश अपाङ्ग भएका अन्य महिलाहरू सो कार्यक्रममा सहभागी बनेका थिए।
त्यस्तो कार्यक्रममा सहभागी कैयौँ महिलाले शारीरिक अशक्तताकै कारण घोचपेचका पात्र बन्ने गरेको अनुभव बीबीसी न्यूज नेपालीलाई सुनाए।
यी महिलाहरू शारीरिक अशक्तताकासँग जोडिएका अनेक अपहेलना चिर्दै गरेको बताउँछन्।
प्रतियोगितामा सहभागी भएर उनीहरूले आफूहरू मानसिक रूपमा अब्बल रहेको सन्देश दिइरहेका छन्।
आफ्नो आत्मबल बढाउन र आफूजस्तै अरूलाई हौसला दिन सो कार्यक्रममा भाग लिएको उनीहरू बताउँछन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।