भारतः साँघुरो इनारमा खसेका १८ महिने शिशुको यसरी गरियो उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतः साँघुरो इनारमा खसेका १८ महिने शिशुको यसरी गरियो उद्धार

पश्चिम भारतको गुजरात राज्यमा एउटा गहिरो ट्यूबवेलभित्र खसेका एक शिशुलाई सेनाले जीवितै उद्धार गरेको छ।

दुदापुर गाउँस्थित खेतमा खेल्दाखेल्दै १८ महिनाका शिवम् ९० मिटर गहिरो उक्त साँघुरो इनारभित्र खसेका थिए।

भारतीय सेनाको नजिकै रहेको एउटा शिविरबाट सैनिकहरू उद्धारका लागि परिचालित भए। ती बालकलाई डोरी बाँधिएको अङ्कुश प्रयोग गरेर बाहिर निकालियो।

दुई दिन अस्पताल बसेपछि उनी घर फिर्ता भए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि