सीता राना मगर: क्रिकेटमा 'हामी मेहनत गर्छौँ तर सही तरिकाले गर्दैनौँ'
यूएईमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगितामा विश्वभरका शीर्ष खेलाडीहरूसँग खेलेर फर्केकी सीता राना मगर आफ्नो 'सेलिब्रेसनका' कारण विश्वभर चर्चामा रहिन्।
फेयरब्रेक आमन्त्रण प्रतियोगितामा सात खेल खेलेर चार विकेट लिएकी राना मगर सन् २००७ देखि नेपाली राष्ट्रिय टोलीबाट क्रिकेट खेलिरहेकी छन्।
राना मगरले उक्त अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आफूले धेरै कुरा सिक्न पाएको बताउँदै भनिन्, ''हामी मेहनत गर्छौँ तर सही तरिकाले गर्दैनौँ।''
राना मगरले आफ्नो खेल सुधार गर्दै टिमलाई नयाँ उचाइँमा पुर्याउन प्रयत्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि।