एक सय चराका नाम अटेको एउटा सिलोक

भिडिओ क्याप्शन सुरु हुँदैछ, सयथरी चरा एउटा सिलोकमा

गोरखाका राजेन्द्रप्रसाद ढकाल नेपालमा पाइने झन्डै १०० चराचुरुङ्गीको नाम समेटिएको सिलोक हाल्छन्।

पेसाले शिक्षक उनले आफ्ना बावुबाजेबाट सुन्दै आएको सिलोकलाई आफ्ना विद्यार्थी तथा विभिन्न भेला, गोष्ठी तथा जमघटमा सुनाउने गरेको बताए।

जैविक विविधताको ज्ञान र प्राकृतिक सुन्दरताको प्रतीकको रूपमा रहेको चराको सिलोकले आफू सानैदेखि प्रभावित भएकोले उक्त सिलोकमा थप चराका नामहरू समेट्ने उनको योजना छ।

नेपालमा हालसम्म ८९० प्रजातिका चराहरू पाइने चराविद् डा. हेमसागर बरालले बताए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।

अनि यो पनि