मेलम्ची आयोजनाः मेलम्चीको पानी 'वर्षापछि मात्रै काठमाण्डू आउने'

भिडिओ क्याप्शन सुरु हुँदैछ, नयाँ उपकरण जडान गर्नुपरेमा मेलम्चीको पानी वर्षापछि मात्रै काठमाण्डूमा आउने

चैत्रसम्म मेलम्चीको पानी काठमाण्डू उपत्यका ल्याउने लक्ष्य पूरा गर्न 'कठिन' रहेको अधिकारीहरूले बताएका छन्।

मेलम्ची खानेपानी विकास समितिका अनुसार आयोजनाको हेडवर्क्स भनिने संरचना मर्मत तथा सुरुङ र त्यहाँ पुग्ने रूट सफाइ कार्य झन्डै ८० प्रतिशत सकिएको छ।

तर केही सुरुङ तथा सहायक सुरुङका गेट र उपकरण मर्मतसम्भारले मात्र नपुगी नयाँ जडान गर्नुपर्ने भएमा समय लम्बिने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।

केही हप्ता परीक्षणका रूपमा काठमाण्डू उपत्यकामा पानी ल्याइपुर्‍याएको उक्त परियोजनाको सुरुङ खाली गराउने कार्य सुरु गर्नै लाग्दा मेलम्ची नदीमा आएको बाढीले आयोजनामा प्रभावित भएको थियो।

आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डू उपत्यकामा वितरणका लागी २६ किलोमिटर सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो।

हालसम्मको प्रगति तथा विद्यमान चुनौतीबारेमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि