एमसीसी नेपाल: एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई प्रश्न- कुन नैतिकताले सरकारमा बसिरहनुभएको छ?

अडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल सन्दर्भमा झलनाथ खनाल

लामो समयको अन्योलपछि संसद्मा प्रस्तुत भएको अमेरिकी अनुदान सहायता एमसीसीमाथि संसद्‍मा बिहीवार तय गरिएको सैद्धान्तिक छलफल सारिएको नयाँ समय अन्तर्गत शुक्रवार हुने ठानिएको छ।

यसैबीच गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सदनबाट पारित गराउन दौडधुप तीव्र पारेका छन्।

सत्तारुढ गठबन्धनमै रहेका खासगरी नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले भने अहिलेकै अवस्थामा बिना संशोधन एमसीसी पारित नगर्ने अडान राखेका छन्।

सत्ता साझेदार दलबाट सहयोग नपाए विपक्षी एमालेबाट समर्थन जुटाउने कोसिस प्रधानमन्त्रीले गरिरहेका विवरण आएको छ।

अमेरिकाले एमसीसीबारे टुङ्गो लगाउन भनेको म्याद भने यसै फागुन १६ गते सकिँदैछ।

यसै सन्दर्भमा बुधवार साँझ प्रसारित बीबीसी नेपाली सेवाको साप्ताहिक नेपाल सन्दर्भका लागि पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी दलका नेता झलनाथ खनालसँग गरिएको कुराकानी सुन्नुहोस्।