युक्रेन तनाव: रुसले युक्रेनमा हमलाका लागि 'बनावटी कारण खोजिरहेको' अमेरिकी दाबी

बाइडन

तस्बिर स्रोत, EPA

युक्रेनमा हमला गर्नका लागि रुसले बनावटी कारणको तयारी गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले उसको सैन्य कारबाही तत्कालै सुरु हुनसक्ने बताएका छन्।

तर उनले कूटनीतिक समाधान अझै सम्भव रहेकोमा जोड दिए।

बिहीवार संयुक्त राष्ट्रसङ्घमा बोल्ने क्रममा अमेरिकी विदेशमन्त्रीले मस्कोले हमलाको औचित्य देखाउन प्रयोग गर्न सक्ने कयौँ कुराहरूको सूची प्रस्तुत गरेका थिए।

कस्ता 'बनावटी कारण'?

न्यूयोर्कमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा बोल्ने क्रममा एन्टोनी ब्लिङ्कनले रुसी हमला कस्तो खाले हुनसक्छ भन्ने स्पष्ट नभएको बताए।

तर उनले सम्भावनाहरूलाई 'रुसभित्रै मञ्चन गरिएको कथित आतङ्कवादी बम हमला, विशाल चिहान पाइएको कुरा, उसका नागरिकमाथि नाटकीय रुपमै हुनसक्ने ड्रोन हमला वा नक्कली या साँच्चिकैको रासायनिक हमला' हुनसक्ने बताए।

युक्रेन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विवादित पूर्वी युक्रेनको एउटा नर्सरी स्कुलमा तोप पहार हुँदा तीनजना घाइते भएका छन्।

उनले सम्भावित त्यस्ता घटनापछिको अवस्थामा रुस सरकारले युक्रेनमा रहेका रुसी जातीय समूहका मानिसहरूको सुरक्षा गर्न भनेर 'नाटकीय ढङ्गले आपत्कालीन बैठक बोलाउने' बताए।

र, त्यसपछि रुसी क्षेप्यास्त्र र बमहरू युक्रेनी निसानामा प्रहार हुन थाल्ने ब्लिङ्कन भनाइ थियो।

उनले साइबर हमलाको जोखिम समेत औँल्याए।

'आधारहिन'

मस्कोले ती कुराहरूलाई 'आधारहीन' बताउँदै अमेरिकाले तनाव बढाएको आरोप लगाएको छ।

उक्त बैठकमा रुसी सहायक विदेशमन्त्री सर्गेई भर्सिननले ब्लिङ्कनका विचार डरलाग्दा भएको बताए।

मस्कोले युक्रेनमा हमला नगर्ने कुरा स्पष्टसँग भन्नुपर्ने ब्लिङ्कनको भनाइ छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मस्कोले युक्रेनमा हमला नगर्ने कुरा स्पष्टसँग भन्नुपर्ने ब्लिङ्कनको भनाइ छ।

मस्कोले हमलाको योजना रहेको कुरा अस्वीकार गर्दै आएको छ।

तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुस आक्रमण गर्न सक्ने अवस्थामा रहेको बताए।

मस्कोले युक्रेनमा हमला नगर्ने कुरा स्पष्टसँग भन्नुपर्ने ब्लिङ्कनको भनाइ छ।

उनले त्यसका लागि रुसले आफ्ना सैनिकहरू ब्यारेकमा फिर्ता पठाउनुपर्ने र उसका कूटनीतिज्ञहरू वार्ताको टेबलमा आउनुपर्ने बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको हो?