टोङ्गा ज्वालामुखीः १० हजार किलोमिटर टाढा पेरुको समुद्रमा कसरी तेल चुहियो
प्रशान्त महासागरस्थित हुङ्गा-टोङ्गा हुङ्गा-हा'आपाई ज्वालामुखी शनिवार विस्फोटन हुँदा त्यसको प्रभाव विश्वभरि पर्यो। ज्वालामुखी विस्फोटन भएपछि समुद्रमा फैलिएको तरङ्गले ठूलाठूला छालछालहरू उत्पन्न भए।
अस्वाभाविक रूपमा आएका छालले १०,००० किलोमिटर पर पेरुमा एउटा ट्याङ्करबाट कच्चा तेल समुद्रमा चुहिएको छ। ला पाम्पिया प्रशोधन केन्द्रमा कच्चा तेल सार्दै गर्दा तेल बोकेको ट्याङ्कर हल्लिएर उक्त दुर्घटना भएको बताइएको छ।
भेन्टानियाका नगरप्रमुखले तटीय क्षेत्र र समुद्र सफा गर्न सघाउन आग्रह गरेका छन्।
पेरुले समुद्रमा तेल चुहिएको घटना कैयौँ वर्षमा आफूले झेलेको सबैभन्दा नराम्रो पर्यावरणीय विपद् भएको जनाएको छ। एउटा वक्तव्यमा विदेश मन्त्रालयले त्यसले निम्त्याएको हानिका लागि स्पेनको ऊर्जा कम्पनी रेप्सोलले क्षतिपूर्ति तिर्नुपर्ने र राजधानी लिमानजिकै रहेको प्रभावित तटीय क्षेत्र सफा गर्नुपर्ने भनेको छ।
समुद्री तट सरसफाइका लागि आफूले सयौँ मानिस परिचालन गरिसकेको ऊर्जा कम्पनी रेप्सोलले जनाएको छ।
हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि






